News Griha :: न्यूजगृह
राप्रपा नेपालको प्रदर्शनमा प्रहरीले गर्‍यो लाठीचार्ज 
तस्बिर क्रेडिट: नेपाल फोटो लाइब्रेरी।

काठमाडौं— हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचार अन्त्य लगायतका मागसहित दबाबमूलक प्रदर्शनमा उत्रेको राप्रपा नेपालका कार्यकतामाथि प्रहरीले लाठीचार्ज गरेको छ।

कमल थापा नेतृत्वको र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो।

सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो। तर, र्‍याली दुई लेन मै अघि बढेपछि स्थिति असामान्य बनेको हो।

प्रहरीले लाठीचार्ज गर्ने क्रममा दुई पक्षबीच ठेलमठेल भएको छ। अहिले त्यस क्षेत्रको अवस्था अस्तव्यस्त छ।  

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:१९
Weather Update