News Griha :: न्यूजगृह
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौं– सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको बिहीबार साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता  डीएसपी रविन्द्रराज पाण्डेले बताए।

पाण्डेका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेका हुन्। श्रीमान श्रीदेवलाई प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको छ। 

योसँगै एकसाता भित्रै सिरहामा श्रीमानबाट तीन महिलाको हत्या भएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १९:५१
Weather Update