News Griha :: न्यूजगृह
आजको प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं— प्रतिनिधिसभा बैठक आजलाई बोलाइएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सबन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ। 

त्यस्तै आजको बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

आज आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने सम्भावित कार्यसूची छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०७:०५
Weather Update