News Griha :: न्यूजगृह
उदयपुर दुर्घटना: ८ जनाको मृत्यु, २ को सनाखत [अपडेट]

काठमाडौं— उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी दुर्घटना भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको हो। ९ जना घाईते छन्।

सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको गाडी बिहीबार सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। 

दुर्घटनामा गाडीमा सवार ७ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय मानबहादुर बस्नेत र हतुवागढी गाउँपालिका– ५ का ४२ वर्षीय किसान राईको सनाखत भएको छ। मानबहादुर चालक हुन्। अन्य मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा परी ६ जना पुरुष र ३ जना महिला गरी ९ जना घाइते भएका छन्।

घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।  

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:०६
Weather Update