News Griha :: न्यूजगृह
उदयपुर जीप दुर्घटनामा मृत्यु भएका चालकको सनाखत 

काठमाडौं— धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भइसकेको छ। को१ज २५९३ नम्बरको जीप बिहीबार १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। जीपमा १४ जना सवार थिए।

ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताए।

जीप सडकबाट करिब तीन सय मिटर तल जीप खसेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:४४
Weather Update