सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि
रामेछापमा १२ घर जले, करिब २ करोडको क्षति
रामेछाप— रामेछाप नगरपालिका– ९ मा बिहीबार भएको आगलागीबाट एक करोड ८६ लाख ३१ बराबरको क्षति भएको छ।
आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शुक्रबार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण सङ्कलन गरिएको हो।
आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ।
बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८० १६:०१