मोरङको रंगेलीमा आगलागी, २२ घर जले

काठमाडौं— मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेर नष्ट भएका छन्।
सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरूको दमकल प्रयोग गरिएको छ ।
प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम भइरहेकाले क्षतिको विवरण आइसकेको छैन ।
आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरूमा आगो चाँडै फैलिएको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८० १९:४५













