सरकारप्रति म आशावादी छु: मेयर बालेन
काठमाडौं— काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले आफू सरकारप्रति आशावादी रहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ मन्त्रीहरूले पुरानो फाइल खोल्ने भन्ने कुरा उल्लेख गर्दै आफू सकारात्मक भएको बताएका छन्।
‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनु पर्ने छ रे!,’ बालेनले लेखेका छन्, ‘सरकार जति दिन टिक्छ, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा, मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’
प्रकाशित मिति: शनिबार, चैत ३, २०८० २१:११













