News Griha :: न्यूजगृह
भोजपुरमा जंगलको डढेलो बस्तीमा सल्कियो, ६ घर  जले

भोजपुर भोजपुर नगरपालिका–१२ टक्सारमा जंगलको डढेलो बस्तीमा पस्दा ६ घर जलेका छन्।

डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेपनि आगो अझै फैलिइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए।

स्थानीय दुर्गा श्रेष्ठका अनुसार मालबाँसेको केही घरमा क्षति सँगै आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीय आगो निभाउन जुटेका छन्।

पहाडी क्षेत्रमा सुक्खायाम सुरु भएसँगै वनमा लाग्ने डढेलोले वर्षेनी नजिकैका बस्तीमा जोखिम बढ्ने गरेको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १६:२९
Weather Update