एफए कपमा म्यानचेस्टरको उपाधि सम्भावना कायमै, लिभरपुल ४—३ ले पराजित

काठमाडौं— म्यानचेस्टर युनाइटेड जारी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। म्यानचेस्टरले आफ्नो उपाधि सम्भावनालाई कायम राख्दै गएरातिको खेलमा लिभरपुललाई पराजित गर्यो।
सेमिफाइनलमा प्रवेश गर्न म्यानचेस्टरले लिभरपुलमाथि ४–३ गोल अन्तरको नतिजा हात पार्यो।
खेलको १० औँ मिनेटमा म्यानचेस्टरले अग्रता लिएकोथियो।
४४ औँ मिनेटमा लिभरपुलले बराबरी गर्यो। फेरि ४७ औँ मिनेटमा लिभरपुलले अग्रता बढाएको थियो।
८७ औँ मिनेटमा म्यानचेस्टरले बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा पनि लिभरपुलले अग्रता लिएको थियो। १०५ औँ मिनेटमा गोल गर्दै जितको दावेदारी प्रस्तुतु गरेको लिभरपुललाई ११२ औँ र १२२ औँ मिनेटमा गोल गर्दै म्यान चेस्टरले जित हात पार्यो।
यो हारसँगै लिभरपुलको यो सिजनमा चार उपाधि जित्ने सम्भावना सकिएको थियो।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० ०७:१२