११ जिल्लाका सीडीओ फेरिए [सूचीसहित]
![११ जिल्लाका सीडीओ फेरिए [सूचीसहित]](https://newsgriha.com/uploads/posts/home-minister-of-nepal-griha-mantralaya-new-1699088703.jpg)
काठमाडौं— गृह मन्त्रालयले ११ वटा जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ।
सङ्खुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, धनुषामा रामराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल, ताप्लेजुङमा रवीन्द्र आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ।
त्यस्तै ओखलढुङ्गामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ।
मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ।
त्यस्तै गोगनबहादुर हमाल लाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको छ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० १३:३७













