News Griha :: न्यूजगृह
काठमाडौंको शंखमुलमा टेम्पो पल्टियो, बालकसहित ३ जना घाइते

काठमाडौं— काठमाडौंको शंखमुलमा टेम्पो दुर्घटना भएको छ। शंखमुलको ओरालोमा टेम्पो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइते हुनेमा १ जना बालक समेत छन्। 

चाबहिल–शंखमुल रुटमा चल्ने बा १ ह ३८७७ नम्बरको टेम्पो शंखमुलको ओरालोमा पल्टिएको हो। बानेश्वरबाट शंखमुलतर्फ गइरहेको अवस्थामा टेम्पो पल्टिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ।  घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:२६
Weather Update