News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द

काठमाडौं— सन् १९२३ मा पञ्जाबको शकरगढ (जुन अहिले पाकिस्तानको हिस्सा छ)मा जन्मिएका बलिउडका ‘सदाबहार हिरो’ देव आनन्द सन् ७० देखि ८० को दशकमा हिन्दी फिल्मका लोकप्रिय अभिनेता थिए ।

विशेषत उनका महिला फ्यान उनीप्रति अत्यन्त आशक्त थिए। युवतीकै क्रेजका कारण उनलाई कालो कोट लगाउन पनि प्रतिबन्ध लगाइएको थियो।

Prabhu Bank

देव आफैं पनि फिल्मप्रति यति आशक्त थिए कि जीवनका अन्तिम समयमा पनि उनले फिल्म बनाउने काम जारी राखे। उनले अभिनय करियरको सुरुवात सन् १९४६ मा रिलिज फिल्म ‘हम एक हे’बाट गरेका थिए। तर उनले पहिचान भने सन् १९४८ मा रिलिज फिल्म ‘जिद्दी’बाट पाए। 

उनले आफ्नो ६५ वर्ष लामो फिल्मी करियरमा करिब १ सय १६ फिल्ममा अभिनय गरे।

फिल्मसँग सम्बन्धित देवका किस्सा अहिले पनि उत्तिकै हिट छन्। फिल्मको नामसँग जोडिएको देवका किस्सा अझ रमाइला छन्। देव आफ्नो दमदार अभिनय र तेज दिमागका लागि चिनिन्थे। 

देव आफ्नो करियरको उच्च विन्दुमा रहँदा उनले आफ्ना फिल्मका नाम पत्रिकाको समाचार शीर्षकबाट लिन्थे।

यसको पछाडि विशेष कारण थियो। देवको बुझाई पत्रिकाको समाचार शीर्षकबाट लिइएका नाममा आम मानिस जोडिन्छन् भन्ने थियो। उनको बुझाई सही साबित पनि हुन्थ्यो। पत्रिकाको समाचार शीर्षकबाट लिइएको नामका उनका धेरै फिल्म हिट पनि भएका थिए।

आफ्ना फिल्म बक्सअफिसमा असफल हुँदै गएपछि देवले पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्ने शैली अपनाएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०८:५०
Weather Update