News Griha :: न्यूजगृह
२ भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो

काठमाडौं— मोस्टवान्टेड सूचीमा रहेका २ जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

बरहथवा नगरपालिका–६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट १ थान पेस्तोल, गोली ६ राउन्ड, म्यागजिन १ थान बरामद भएको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए।

उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ। 

प्रहरीका अनुसार उनलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए। गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलङ्गवामा भइरहेको छ।

उनको दुवै खुट्टामा गोली लागेको छ।   

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:३५
Weather Update