News Griha :: न्यूजगृह
बाँसबारी सरकारी जग्गा घोटला प्रकरणका आरोपित विनोद चौधरी श्रीलंका उडे 
सीआईबीलाई बयान दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विनाेद चाैधरी। तस्बिर: सुमन नेपाली

काठमाडौं— अर्बपति व्यापारी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका गएका छन्।

बिहीबार दिउँसो २ बजे श्रीलंकन एअरलाइन्सको जहाजबाट चौधरी श्रीलंका गएका हुन्।   

आज बिहान मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा सरकारी वकिल कार्यालयमा उनको बयान लिएको थियो ।

सीआईबीलाई बयान दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएको बताएका थिए।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा उनीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:१३
Weather Update