News Griha :: न्यूजगृह
बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा आयो
बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा आयो बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ ।२०४४ भदौ ५ मा ६ रोपनी र २०४४ मंसिर १८ मा ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो।भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको जग्गा सरकारकै भएको ठहर...
सरकारले भन्यो– गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन आवश्यक छैन
सरकारले भन्यो– गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन आवश्यक छैन सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन आवश्यक नभएको बताएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने कुरा अनावश्यक भएको बताएकी छन्। मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले लामिछानेको...
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अदालतमा उपस्थित गराइयो
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अदालतमा उपस्थित गराइयो मदिरा नीति प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले शुक्रबार अदालतमा पेस गरेको छ। उनलाई हिरासत राखेर थप अनुसन्धान गर्न अनुमतिकालाई केजरीवाललाई अदालतमा उपस्थित गराइएको हो। अहिले अदालतमा सुनुवाइ भइरहेको छ।  अनुसन्धान एजेन्सीले उनलाई १० दिन हिरासतमा राख्न  म्याद मागेको भारतीय सञ्चर मध्यमहरुले जनाएका छन्। 
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरा रिहा भएका जनाएको छ। विद्युतीय चुरोट (भेप) तथा स्कुटरको ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करी प्रकरणमा संलग्नता देखिएको भन्दै सीआईबीले महरालाई नियन्त्रणमा लिएको थियो। महरा सोमबार कपिलवस्तबाट पक्राउ परेका थिए। उनलाई सोमबार नै काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो। काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि...
थुनामुक्त हुँदै महरा
थुनामुक्त हुँदै महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्ने तयारी भइरहेको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा थुनामुक्त गर्न लागिएको हो। 
कस्तो रहला आज दिनभरको मौसम?
कस्तो रहला आज दिनभरको मौसम? काठमाडौंमा अहिले पारिलो घाम लागेको छ। तर हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा...
भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्छ: राष्ट्रपति
भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्छ: राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। विश्व पानी दिवस, २०२४ का अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वद्र्धन गर्नुपर्ने बताए । 
आईपीएल आजदेखि, उद्घाटन खेल चेन्नई र बैङ्ग्लोरबीच
आईपीएल आजदेखि, उद्घाटन खेल चेन्नई र बैङ्ग्लोरबीच इन्डियन प्रिमियर लिग आईपीएल आजदेखि सुरु हुँदैछ। आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर आमनेसामने हुनेछन्। खेल आज राति सवा आठ बजे सुरु हुनेछ। 
आज दिनभर देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
आज दिनभर देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी...
सुन तस्करी प्रकरण: महराको बयान सकियो, पुन: अस्पताल मै भर्ना
सुन तस्करी प्रकरण: महराको बयान सकियो, पुन: अस्पताल मै भर्ना कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो। चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई चार दिनको म्याद दिएको छ । म्याद थपका लागि महरालाई भोलि अदालतमा उपस्थित गराइने सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो राँके जुलुस, प्रहरीसँग झडप 
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो राँके जुलुस, प्रहरीसँग झडप  गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राँके जुलुस प्रदर्शन गरेको छ।बिहीबार पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको छ।
राष्ट्रिय भूमि आयोग खारेज
राष्ट्रिय भूमि आयोग खारेज सत्ता गठबन्धन फेरिएसँगै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ती मन्त्रीका अनुसार नयाँ आयोग बनाउन पुरानो आयोगलाई खारेज गरिएको हो। 
Weather Update