दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अदालतमा उपस्थित गराइयो
काठमाडौं— मदिरा नीति प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले शुक्रबार अदालतमा पेस गरेको छ।
उनलाई हिरासत राखेर थप अनुसन्धान गर्न अनुमतिकालाई केजरीवाललाई अदालतमा उपस्थित गराइएको हो। अहिले अदालतमा सुनुवाइ भइरहेको छ।
अनुसन्धान एजेन्सीले उनलाई १० दिन हिरासतमा राख्न म्याद मागेको भारतीय सञ्चर मध्यमहरुले जनाएका छन्।
केजरीवाललाई पक्राउ गर्न ईडीको टोली बिहीबार साँझ उनको घर पुगेको थियो।
दुई घण्टा सोधपुछपछि राति ९ बजे उनलाई नियन्त्रणमा लिइएको थियो।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८० १४:५४