News Griha :: न्यूजगृह
थुनामुक्त हुँदै महरा

काठमाडौं— सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्ने तयारी भइरहेको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा थुनामुक्त गर्न लागिएको हो। 

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई थुनामुक्त गरिनेछ। महरामाथि छानबिन भने जारी रहने प्रहरी स्रोतको भनाई छ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।  स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा भर्ना भएका छन्।

 महरामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दिएको म्यादसमेत शुक्रबार सकिँदैछ। 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १२:५६
Weather Update