News Griha :: न्यूजगृह
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो राँके जुलुस, प्रहरीसँग झडप 

काठमाडौं— गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राँके जुलुस प्रदर्शन गरेको छ।

बिहीबार पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको छ।

राँके जुलुस देखाएपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ। ‘सहकारी पीडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे’ लगायत नारा लगाउँदै नेविसंघले प्रदर्शन गरेको छ।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले राजीनामा दिनुपर्ने बताउँदै आएको छ।

मातृपार्टी कांग्रेसको मागअनुसार नेविसंघले सडक संघर्ष थालेको छ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १९:३७
Weather Update