News Griha :: न्यूजगृह
थाइल्यान्डमा अलपत्र १३ नेपालीको उद्धार, स्वदेश फर्किए

काठमाडौं— थाइल्यान्ड र म्यान्मारको सीमा नजिक अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

थाइल्यान्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल पठाएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ। 

बैंककस्थित राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्युरोको सहयोगमा नेपालीको उद्धार गरेको जनाएको हो।

शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्यान्डको मेइसोट ल्याई त्यहाँबाट हवाईयात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको जहाजबाट नेपाल पठाएको बैंककस्थित दुतावासले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०७:४०
Weather Update