
काठमाडौं— श्रीमतीले गम्भीर आरोप लगाएपछि बोले कथावाचक ‘धर्मगुरु’ आचार्य श्री शीतलकृष्ण महाराजले सामाजिक सञ्जालमा आफूप्रति उठाइएका विभिन्न प्रश्नहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उनले आफूप्रति उठाइएका विभिन्न प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
उनले करिब ९ महिना अघि आफू र आफ्नो श्रीमतीको आचरण र विचार नमिलेपछि श्रीमतीकै हितका लागि जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको बताएका छन्।
शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने मोड आएको बताउँदै उनले संसारलाई मातापिताको उपदेश दिँदै आएको आफूले मातापिताको सेवा गर्ने बाटो रोजेको बताएका छन्।
आफूले गृहस्थी चलाउन नसकेको प्रति भूल भएको भन्दै उनले क्षमा समेत मागेका छन्। उनले केही दिनअघि श्रीमतीले पत्रकार सम्मेलनमार्फत लगाएका आरोप निराधार र सत्य नभएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा राखेको भिडिओमा भनेका छन्, ‘केही दिनअघि श्रीमतीजीले पत्रकार सम्मेलनमा रिस र आवेगमा आएर लगाएका आरोप निराधार र सत्य नभएको यहाँहरू सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि अदालतको अन्तिम फैसलाको प्रतीक्षामा रहेकोले यसप्रति अन्य टिकाटिप्पणी नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। साथै भक्त सज्जनहरूलाई धैर्य गर्न पनि निवेदन गर्दछु।’
कथावाचक शीतलकृष्णप्रति उनकी श्रीमती सुकृति पौडेल भुसालले केही दिनअघि पत्रकार सम्मेलन गरी विभिन्न आरोपहरू लगाएकी थिइन्।













