आज ५६ जिल्लामा सार्वजनिक बिदा

काठमाडौं— आज नेपालका ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको छ।
होली पर्व मनाउन सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदा दिएको हो।
तराईका २१ जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भने भोलि मात्र होली मनाइने भएकाले भोलि नै सार्वजनिक बिदा छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइदैछ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०८० ०८:०५













