News Griha :: न्यूजगृह
माथिल्लो इङवा जलविद्युत आयोजन राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं— ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजना  शनिबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

पाँचथर तथा ताप्लेजुङको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसन लाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडा बाट हिलिहाङ गाँउपालिका वडा नम्बर १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनमा जडान गरिएको छ।

२०७८ साल श्रावण २३ गतेबाट कम्पनीले यो आयोजना निर्माण सुरु भइ २०८० साल चैत्रमा निर्माण कार्य पुरा भएको हो।

आयोजना निर्माण सम्पन्न गर्नका लागि जम्मा १ सय ९४ करोड लागत लागेको छ जसमध्ये संस्थापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नबिल बैंक लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ।

याँङवारक गाँउपालिका २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:००
Weather Update