
काठमाडौं— गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।
उनका अनुसार भिसा अवधि समाप्तिपश्चात् गैरकानुनी तवरले बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार विश्वास र मियाँ चैत ९ गते र अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको पोखरेलले बताए।













