प्रतिनिधि सभाको बैठक फेरि सारियो आइतबार, असार ३०, २०८१
-1720940499.jpg)
अब बन्ने सरकारमा कम्तिमा ४ मन्त्रीको अडानमा शेखर–गगन समूह आइतबार, असार ३०, २०८१ नेपाली कांग्रेसको शेखर–गगन समूहले अब बन्ने नयाँ सरकारमा संस्थापन इतरबाट कम्तिमा ४ मन्त्री दाबी गर्ने निष्कर्ष गरेको छ।
-1720940499.jpg)
मन्त्रीका विषयमा छलफल गर्न शेखर–गगन समूहको बैठक आइतबार, असार ३०, २०८१ नेपाली कांग्रेसको शेखर–गगन समूह छलफलमा जुटेको छ। सरकारमा सहभागिता र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न शेखर–गगन समूह छलफलमा जुटेको हो। कांग्रेस नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा अहिले नेताहरुबीच छलफल चलिरहेको छ।
-1717758427.jpg)
गृह मन्त्रालयबाट बिदा हुँदै रविले भने– आजैबाट मेरो विषयमा गहन अध्ययन गर्नुस् आइतबार, असार ३०, २०८१ निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपका विषयमा गहन अध्ययन गरेर छानबिन गर्न गृह प्रशासनसँग आग्रह गरेका छन्। आइतबार दिउँसो गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले सो कुरा बताए। त्यस्तै आफू छोटो समयमा गरेका कामका विषयमा समीक्षा गर्दै आफूमाथि उठेका कैयौँ विषयमा अध्ययन गरी छानबिनको दायरामा ल्याउन आग्रह गरेका...

स्वर्णिम वाग्लेको सचिवालयबाट मुकुललाई धम्की आइतबार, असार ३०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलिम्बत महामन्त्री डा. मुकुल ढकालले आफूलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की आएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै ढकालले वाग्लेको सचिवालयबाट आफूलाई ज्यानमार्नेसम्मका धम्की आएको बताए। हालैको एक टेलिभिजन अन्तर्वार्तामा ढकालले केही समय अघिको प्रशंगलाई लिएर स्वर्णिमको आलोचना गरेका थिए।

लुम्बिनी प्रदेश सरकार संकटमा आइतबार, असार ३०, २०८१ केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलसँगै माओवादी केन्द्र नेतृत्वको लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ। अहिले लुम्बिनीमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको सरकार रहेको छ। तर केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने भएसँगै महरा नेतृत्वको सरकार संकटमा परेको हो। केन्द्रमा समीकरण फेरिएसँगै उनलाई समर्थन गरेर...

सरकार नभएपछि सङ्घीय संसद्का दुवै बैठक भोलिका लागि सारियो आइतबार, असार ३०, २०८१ त्यस्तै आजै दिउँसो सवा १ बजे तय भएको राष्ट्रिय सभाको बैठक पनि भोलि बिहान साढे ११ बजे बस्नेगरी तय गरिएको सङ्घीय संसद् सचिवालयले सूचना मार्फत जानकारी गराएको छ।
-1719560178.jpg)
ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमबार शपथ आइतबार, असार ३०, २०८१ आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै छन्।

ओली नेतृत्वको सरकारमा लोसपा सहभागी हुने, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई शनिबार, असार २९, २०८१ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा जाने निर्णय गरेको छ।शनिबार दिउँसो बबरमहलस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

सङ्घीय संसद्का दुवै सदनको बैठक सर्यो शनिबार, असार २९, २०८१ आइतबार दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको छ ।

ओलीको शपथ आइतबार साँझ शनिबार, असार २९, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।

कांग्रेस, एमाले र नाउपाले मागे मुख्यमन्त्री सोडारीको राजीनामा शनिबार, असार २९, २०८१ एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका हुन्। एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ। बजेट माथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै शनिबार, असार २९, २०८१ नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन्।