मन्त्रीका विषयमा छलफल गर्न शेखर–गगन समूहको बैठक
-1720940499.jpg)
काठमाडौं— नेपाली कांग्रेसको शेखर–गगन समूह छलफलमा जुटेको छ।
सरकारमा सहभागिता र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न शेखर–गगन समूह छलफलमा जुटेको हो।
कांग्रेस नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा अहिले नेताहरुबीच छलफल चलिरहेको छ।
उक्त छलफलमा महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बन्द्री पाण्डे र जीवनबहादुर परियारसहित नेताहरु अर्जुननरसिंह केसी चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बढू र डा. मिनेन्द्र रिजाल रहेका छन्।
कांग्रेसको समर्थनमा आज एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। त्यसअघि क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कांग्रेसभित्र छलफल भइरहेको छ।
कांग्रेसमा उक्त समूहबाट आफ्नो भागमा ४ मन्त्री पाउनुपर्ने माग शेखर–गगन समूहको रहेको छ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १२:४६