News Griha :: न्यूजगृह
ओली नेतृत्वको सरकारमा लोसपा सहभागी हुने, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा जाने निर्णय गरेको छ।

शनिबार दिउँसो बबरमहलस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको सचेतक चौधरीले जानकारी दिए।

उनका अनुसार आगामी बन्ने सरकारमा लोसपालाई एउटा मन्त्रालय दिने प्रस्ताव भएको र सोहीअनुसार सरकारमा सहभागी हुने निर्णय शनिबारको बैठकले गरेको हो।

‘एउटा मन्त्रालय दिने भनिएको थियो। हामीले सरकारमा सहभागी हुने निर्णय गर्ने अधिकार अध्यक्ष ज्यूलाई दिएका छौँ,’ उनले भने।
लोसपाले पाउने मन्त्रालय भने नटुङगिएको उनले बताए।

आगामी सरकारमा अन्य दलहरूलाई पनि समेट्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेस-एमालेको तयारी छ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २२:११
Weather Update