कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्डशनिबार, असार २९, २०८१
-1716205509.jpg)
मन्त्री टुङ्गो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक शनिबार, असार २९, २०८१ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शनिबार दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्री पदमा ओलीको नियुक्ति र शपथ आइतबारमात्रै शनिबार, असार २९, २०८१ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबारमात्रै हुने भएको छ। शुक्रबार कांग्रेसको समर्थनमा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेपनि नियुक्ति र शपथ भने आइतबार मात्रै हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीमा ओलीको दाबी पेस शुक्रबार, असार २८, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
-1720791728.jpg)
प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास जाँदै कांग्रेस-एमाले नेताहरू शुक्रबार, असार २८, २०८१ नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति भवन शीतलनिवास जाँदैछन् ।

नयाँ सरकार गठनका लागि धारा ७६ (२) अनुसार दाबी पेस गर्न राष्ट्रपतिको आह्वान, दिए ७२ घण्टाको समय शुक्रबार, असार २८, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले गरे कानुनविद्हरूसँग परामर्श शुक्रबार, असार २८, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उनले संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन्।
-1715682556.jpg)
अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले काम गर्ने शुक्रबार, असार २८, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन्। राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको उल्लेख छ।
-1720791728.jpg)
नयाँ सरकार गठनका लागि देउवा र ओलीले गरे हस्ताक्षर शुक्रबार, असार २८, २०८१ नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनका लागि हस्ताक्षर तयार गरेका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनबारे छलफलका लागि एमाले–कांग्रेसका शीर्ष नेताहरु जुटेका थिए। संघीय संसद् भवन नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा हस्ताक्षर गरी नयाँ सरकारको दाबीका लागि शीतल निवास जाने तयारीमा...
-1720790654.jpg)
प्रचण्डले छाडे बालुवाटार, खुमलटारमा स्वागत शुक्रबार, असार २८, २०८१ प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास बालुवाटार छाडेका छन्। आज प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै प्रधानमन्त्रीबाट प्रचण्ड पदमुक्त भएका हुन्। त्यससँगै संघीय संसद् भवन नयाँ बानेश्वरबाट सिधै राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका थिए। त्यहाँ केहीबेर भेटघाट गरेसँगै सिधै आफ्नो निजी निवास खुमलटार...

प्रचण्ड पदमुक्त भएकोसम्बन्धी संसद् सचिवालयको पत्र शीतलनिवास पुग्यो शुक्रबार, असार २८, २०८१ प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेकोसम्बन्धी पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ।संघीय संसद् सचिवालयले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड पदमुक्त भएको पत्र राष्ट्रपति कार्यालय पुगेको हो। सभामुखका प्रेस संयोजक शेखर अधिकारीले प्रधानमन्त्री पदमुक्त भएकोसम्बन्धी पत्र राष्ट्रपति कार्यालय पुगेको पुष्टि गरे।
-1720608495.jpg)
राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस–एमालेको तयारी शुक्रबार, असार २८, २०८१ प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमालेसहितका दलले तयारी गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो कुरा बताए।

नयाँ सरकार गठनबारे कांग्रेस–एमाले नेताहरु छलफलमा शुक्रबार, असार २८, २०८१ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले–कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।केहीबेरअघिबाट संघीय संसद् भवनस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा नेताहरु जुटेका हुन्।एमालेका तर्फबाट अध्यक्ष ओलीसहित दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ भने कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहितका दोस्रो तहका नेताहरुको सहभागिता रहेको...