News Griha :: न्यूजगृह
प्रचण्ड पदमुक्त भएकोसम्बन्धी संसद् सचिवालयको पत्र शीतलनिवास पुग्यो

काठमाडौं— प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेकोसम्बन्धी पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ।

संघीय संसद् सचिवालयले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड पदमुक्त भएको पत्र राष्ट्रपति कार्यालय पुगेको हो। 

सभामुखका प्रेस संयोजक शेखर अधिकारीले प्रधानमन्त्री पदमुक्त भएकोसम्बन्धी पत्र राष्ट्रपति कार्यालय पुगेको पुष्टि गरे। 

त्यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया थाल्नेछन्। राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे कानुनविद्हरुसँग छलफल गरेका छन्। 

आज प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव दुई तिहाइ बहुमतले अस्वीकृत भएको छ। कुल २७५ सदस्यीय संसद्मा आज उपस्थित भएका २५८ सांसदमध्ये ६३ जनाले मात्रै उनको पक्षमा मतदान गरेका थिए। भने उनको विपक्षमा १९४ सांसदले मतदान गरेसँगै उनी पदमुक्त भएका थिए। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १८:४३
Weather Update