News Griha :: न्यूजगृह
मन्त्री टुङ्गो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडाैं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शनिबार दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। 

बैठकले केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउने कांग्रेसले जनाएको छ। 

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन्। 
ओलीको आइतबार शपथ हुने र लगत्तै मन्त्रिपरिषद् गठन गर्ने तयारी छ। 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०९:४०
Weather Update