-1720791728.jpg)
काठमाडौं— नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनका लागि हस्ताक्षर तयार गरेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनबारे छलफलका लागि एमाले–कांग्रेसका शीर्ष नेताहरु जुटेका थिए।
संघीय संसद् भवन नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा हस्ताक्षर गरी नयाँ सरकारको दाबीका लागि शीतल निवास जाने तयारीमा कांग्रेस एमाले रहेका छन्।
ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि आवश्यक हस्ताक्षर गरेको एमाले सांसद सूर्यबहादुर थापाले बताए।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गर्नुभएको छ,’ उनले भने।
राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान हुने बित्तिकै दाबी पेस गर्ने तयारीमा कांग्रेस रहेको छ।