News Griha :: न्यूजगृह
संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिदैनौँ: प्रधानमन्त्री
संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिदैनौँ: प्रधानमन्त्री प्रतिनिधि सभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए।
मौसम सुधार नभएसम्म रात्री बस सञ्चालनमा रोक्न लगाउन सांसदको माग
मौसम सुधार नभएसम्म रात्री बस सञ्चालनमा रोक्न लगाउन सांसदको माग सांसदहरुले वर्षा जारी रहुन्जेल रात्री बस सञ्चालनमा रोक लगाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मौसममा सुधार नभएसम्म रात्री बस सञ्चालनमा रोक लगाउन माग गरेका हुन्।
बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण
बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण सांसदहरूले देशको विभिन्न स्थानमा बाढी पहिरोका कारण भएका घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छन्।शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा धारणा राख्ने सबैजसो सांसदहरूले बाढी तथा पहिरोले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिबारे ध्यानाकर्षण गराएका हुन्। निरन्तरको वर्षपछि बिहीबार राति कास्कीमा पहिरोले घर पुर्दा  ११ जनाको मृत्यु भएको छ।
प्रचण्डले आजै बालुवाटार छोड्ने, पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने
प्रचण्डले आजै बालुवाटार छोड्ने, पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन्।आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उनको सचिवालयले जानकारी गराएको छ। प्रचण्ड आफ्नो खुमलटारस्थित निवासमा जाँदै छन्। सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाइ गरिएको थियो।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै [लाइभ]
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै [लाइभ] प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक बस्दै सुरु भएको छ। संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो।
रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी
रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन्। 
ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस–एमालेका सांसदले राष्ट्रपतिलाई हस्ताक्षर बुझाउँदै
ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस–एमालेका सांसदले राष्ट्रपतिलाई हस्ताक्षर बुझाउँदै करिब दुईतिहाइ सांसदको समर्थन पाएको नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट आजै बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाए लगत्तै नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै कांग्रेससहित साना दलहरूले आजै राष्ट्रपतिलाई हस्ताक्षर बुझाउनेछन्।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो।
संविधान पक्षधरलाई एकताका लागि आग्रह गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने
संविधान पक्षधरलाई एकताका लागि आग्रह गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रचण्डले संसद्‌मा ‘संविधान पक्षधर पार्टीहरू एकजुट हुन आग्रह गर्ने’ माओवादी मुख्य सचेतक हितराज पाण्डेले बताए। ‘हामी संविधान निर्माण, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणालीका लागि लडेको हौँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले संविधान पक्षधर सबै पक्षलाई एकताका लागि आग्रह गर्नुहुनेछ।’
अन्तिम मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले के भने? 
अन्तिम मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले के भने?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा आफूले प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत लिने औपचारिक रुपमा जानकारी दिएका छन्।
 शुक्रबार नै प्रधानमन्त्री बन्ने ओलीको तयारी
 शुक्रबार नै प्रधानमन्त्री बन्ने ओलीको तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (शुक्रबार) बिहान ११ बजे प्रतिनिधि सभामा विश्वासको मत दिँदै छन्। प्रधानमन्त्रीले विश्वासको मत लिने सम्भावित कार्यसूचीसमेत सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको छ।
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको हो। त्यस्तै आजको बैठकले भोलिको संसद् बैठकमा सबै सांसदहरुलाई उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको सांसद राजेन्द्र पाण्डेले जानकारी...
Weather Update