
काठमाडौं— नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।
आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको हो।
त्यस्तै आजको बैठकले भोलिको संसद् बैठकमा सबै सांसदहरुलाई उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।
त्यस्तै बैठकले अब बन्ने कांग्रेस–एमाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ। हाल संसद्मा एकीकृत समाजवादीका १० सांसद रहेका छन्।
प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन्। १८ महिनाको अवधिमा पाँचौ पटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डको विपक्षमा धेरै दलहरुले मतदान गर्ने निर्णय गरिसकेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, जनमत, जसपा, लगायत दलहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन्।