मौसम सुधार नभएसम्म रात्री बस सञ्चालनमा रोक्न लगाउन सांसदको माग

काठमाडौं— सांसदहरुले वर्षा जारी रहुन्जेल रात्री बस सञ्चालनमा रोक लगाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मौसममा सुधार नभएसम्म रात्री बस सञ्चालनमा रोक लगाउन माग गरेका हुन्।
उनीले नारायणगढ–मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रुबस त्रिशूली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र उद्धार गर्न माग गरेका थिए।
सरकारले विपद्बाट जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउँदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १२:०६