ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस–एमालेका सांसदले राष्ट्रपतिलाई हस्ताक्षर बुझाउँदै
-1718279452.jpg)
काठमाडौं— करिब दुईतिहाइ सांसदको समर्थन पाएको नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट आजै बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।
संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाए लगत्तै नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै कांग्रेससहित साना दलहरूले आजै राष्ट्रपतिलाई हस्ताक्षर बुझाउनेछन्।
एमालेका एक पदाधिकारीका अनुसार राष्ट्रपतिलाई आजै प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्त गर्न माग गरिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा ६३ मत मात्र रहेको छ। विपक्षमा २०७ मत रहेको छ।
यो पनि पढ्नुहोस
शुक्रबार नै प्रधानमन्त्री बन्ने ओलीको तयारी
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ ०८:३२