प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णयबिहीबार, असार २७, २०८१

प्रधानमन्त्रीसहित कुनै पनि मन्त्री नगएपछि प्रतिनिधि सभा बैठक स्थगित बिहीबार, असार २७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कुनै पनि मन्त्रीहरु उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। आज अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको थियो। तर एक घण्टा भन्दा बढी ढिला गरी सुरु भएको बैठकमा प्रधानमन्त्रीसहित कुनै पनि मन्त्री उपस्थित भएनन्।
1687253965.png)
संख्यामा खुम्चिँदै प्रधानमन्त्री प्रचण्ड, राप्रपाले पनि विश्वासको मत नदिने बिहीबार, असार २७, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। आज बसेकोे पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो। बैठकपछि बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार नयाँ सरकारमा सामेल हुने विषयमा...
-1716707431.jpg)
विशेष कारण देखाउँदै राष्ट्रिय सभा बैठक स्थगित गरेकोमा ४ दलको असन्तुष्टी बिहीबार, असार २७, २०८१ राष्ट्रिय सभा बैठक स्थगित भएकोप्रति ४ दलले असहमति जनाएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन्। आज दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो। आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा समेत बहुमत...

निर्वाचन आयोगको रणनीतिक योजना तयार बिहीबार, असार २७, २०८१ निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१–८२ को मस्यौदा तयार गरेको छ।

राष्ट्रियसभा बैठक स्थगित बिहीबार, असार २७, २०८१ राष्ट्रियसभाको बैठक स्थगन भएको छ। बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो।

कहिले सार्वजनिक हुन्छ कांग्रेस–एमालेबीचको सहमति? बिहीबार, असार २७, २०८१ गत असार १७ गते राति संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो एमालेबीच नयाँ सत्ता समीकरण बनाएर अघि बढ्ने सहमति भयो। संविधान संशोधन समेतका विषयलाई लिएर सहमति भएको बताइन्छ। तर एमाले–कांग्रेसका शीर्ष नेताहरुले भने अहिले नै संविधान संशोधन गरेर अघि बढ्ने गरी सहमति नभएको स्पष्टीकरण दिइरहेका छन्। तर...
-1720687056.jpg)
जसपाको निर्णयः प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, कांग्रेस–एमालेसँग सहकार्य गर्ने बिहीबार, असार २७, २०८१ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। आज बसेको जसपा संसदीय दलको बैठकले सो निर्णय गरेको जसपा संसदीय दलका प्रमुख सचेतक डा. विरेन्द्रप्रसाद महतोले जानकारी दिए। त्यस्तै आजको बैठकमा अब बन्ने कांग्रेस–एमाले नेतृत्वको नयाँ सरकारलाई समर्थन गरेर अघि बढ्ने निर्णय...
-1716722014.jpg)
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैनः महामन्त्री थापा बिहीबार, असार २७, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन्।बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए।
-1710756575.jpg)
प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्वीप’, अनिवार्य उपस्थित हुन निर्देशन बिहीबार, असार २७, २०८१ संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गर्दै प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्। त्यस्तै भोलि प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न समेत निर्देशन...

१८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड बिहीबार, असार २७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदैछन्।पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
-1717655237.jpg)
अब बन्ने सरकारमा विश्वप्रकाश मन्त्री बन्लान्? यस्तो छ उनको प्रतिक्रिया बिहीबार, असार २७, २०८१ एमाले–कांग्रेस मिलेर नयाँ सरकार बनाउने भएसँगै मन्त्री बन्नेहरुको चर्चा चल्न थालेको छ। दुवै दलबाट मन्त्री बन्नका लागि सांसदहरुले आ–आफ्नो लबिङ गरिरहेका छन्। मन्त्री बनाउने विषयमा कांग्रेस–एमालेभित्र आन्तरिक छलफल चलिरहेको छ। यता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न राजी भएको दल नेपाली कांग्रेसभित्र मन्त्री बन्नेहरुको चर्चा चलिरहेको छ।

उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, को–को परे? बिहीबार, असार २७, २०८१ जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेको थियो।अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुङ्गो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार बिहीबार २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।