बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग कांग्रेसको मागबुधबार, असार २६, २०८१
-1719918594.jpg)
संविधानको धारा ७६(२) बमोजिम सरकार बनाउन कुनै बाधा छैनः एमाले बुधबार, असार २६, २०८१ नेकपा एमालेले संविधानको धारा ७६)३) बमोजिम नयाँ सरकार गठनका लागि कुनै संवैधानिक बाधा नरहेको स्पष्ट पारेको छ। आज बसेको सचिवालय बैठकमा सो विषयमा छलफल भएको थियो। बैठकपछि निर्णय सुनाउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले धारा ७६(२) बमोजिम सरकार बनाउन कुनै कानुनी जटिलता नभएको बताए। त्यस्तै अहिले संविधानको धारा ७६(२) वा (३)...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एमालेको ह्वीप बुधबार, असार २६, २०८१ नेकपा एमालेले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले असार २८ गते शुक्रबार संसद् बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिए।

रास्वपालक्षित विश्वप्रकाशको टिप्पणीः आलोचना गर्दैमा कांग्रेसले पार्टीबाट निष्काशन गर्दैन बुधबार, असार २६, २०८१ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया जनाएका छन्। रास्वपाले महामन्त्री रहेका डा. मुकुल ढकाललाई पार्टीबाटै निष्काशन गरेपछि महामन्त्री शर्माले आलोचना गर्दैमा पार्टीबाट निष्काशन गर्न नहुने बताए। सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै महामन्त्री शर्माले कांग्रेस अहिले राम्रोसँग चल्न नसकेको बताउँदै बलियो...
-1719918594.jpg)
च्यासलमा एमाले सचिवालय बैठक जारी बुधबार, असार २६, २०८१ नेकपा एमालेको सचिवालय बैठक बसेको छ। पार्टी कार्यालय च्यासलमा जारी बैठकमा नयाँ सत्ता समीकरण अनुसार कांग्रेससँगको सहकार्र्यका विषयमा छलफल भइरहेको छ। साथै आजको बैठकले पार्टीबाट सरकारमा सामेल हुने मन्त्री छनोटको मापदण्डको विषयमा छलफल हुने बताइएको छ। साथै नेताहरुको जिम्मेवारी हेरफेरको सम्बन्धमा समेत छलफल हुनेछ।

रास्वपा महामन्त्रीबाट बर्खास्त मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै बुधबार, असार २६, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन्। उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन्।

माओवादीले बोलायो संसदीय दलको बैठक बुधबार, असार २६, २०८१ प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ।
-1719918594.jpg)
एमालेको सचिवालय बैठक बस्दै बुधबार, असार २६, २०८१ यसअघि मङ्गलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो। आज बैठक बिहान ११ बजे बस्ने भएको छ।

एमालेले माग्यो बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा मंगलबार, असार २५, २०८१ बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राजीनामा दिन आग्रह गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता जगन्नाथ थपलियाले जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिन आग्रह गरेका हुन्। केन्द्रमा नयाँ समीकरण बन्ने भएसँगै बागमतीमा एमालेबाट सामेल ५ मन्त्रीले राजीनामा दिएका छन्।

सरकार गठनबारे सवालजवाफः संसद्मा किन भयो बालाजु २२ धाराको चर्चा? मंगलबार, असार २५, २०८१ अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई वा दुई दलभन्दा बढी दलको समर्थनमा सत्ताको नेतृत्व गरिरहेका छन्। प्रचण्ड प्रधानमन्त्री बनेको संविधानको धारा ७६ को उपधारा २ बमोजिम हो। तर प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको र अब पुनः सोही धाराबाट नयाँ सरकार बन्ने चर्चा छ। कतिपयले प्रधानमन्त्री प्रचण्डपछि सोही धाराबाट नयाँ सरकार...

कांग्रेस प्रवक्ता डा. महत भन्छन्– देशलाई स्थिर मार्गमा लैजान दुई दल मिल्नुको विकल्प थिएन मंगलबार, असार २५, २०८१ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कारण नयाँ समीकरण बनेको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन फेरेर देशलाई अस्थिरतातिर लैजान खोजेपछि दुई ठूला दल मिलेर स्थिरतातिर लैजान खोजेको बताए। मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले सो...

बिहीबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित मंगलबार, असार २५, २०८१ प्रतिनिधि सभाको बैठक असार २७ गते बिहीबारसम्मका लागि स्थगित भएको छ।
-1719918594.jpg)
भोलिसम्मका लागि सर्यो एमाले सचिवालय बैठक मंगलबार, असार २५, २०८१ नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। एमाले नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफलका लागि आज सचिवालय बैठक बोलाएको थियो। तर बैठक बुधबारसम्मका लागि बैठक सारिएको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले बताए।


-1716205509.jpg)






