मुकुल ढकाललाई रास्वपाले गर्यो पदमुक्त, साधारण सदस्य भने रहने मंगलबार, असार २५, २०८१

माओवादी सांसदको प्रश्नः संविधान संशोधन केका लागि? मंगलबार, असार २५, २०८१ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बदनियतपूर्ण ढंगले संविधान संशोधनको मुद्दा अघि सारिएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले ७ बुँदे सहमतिको नाममा कांग्रेस–एमालेले भ्रष्टाचारीहरुलाई जोगाउन लागि परेको आरोप लगाए। त्यस्तै उनले प्रधानमन्त्रीले गृहमन्त्रीलाई भ्रष्टाचारका अरु फाइलहरु खोल्न निर्देशन दिएपछि कांग्रेस–एमालेमा बेचैनी...

मुकुल भन्छन्– मलाई रवि लामिछाने क्लबबाट निकाले पनि घण्टी बज्न छाड्दैन मंगलबार, असार २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफू कारबाहीमा परे पनि आफ्नो अभियान नरोकिने बताएका छन्। उनले जारी गरेको प्रतिवेदन लगायतका विषयलार्ई लिएर रास्वपाको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेपछि सो कुरा बताएका हुन्। रास्वपालाई सभापति रवि लामिछानेले आफ्नो निजी क्लब जस्तो बनाएको आरोप लगाउँदै पार्टीबाट निष्काशनमा परे पनि...

मुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस मंगलबार, असार २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ। रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल भइरहेको छ।

केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी मंगलबार, असार २५, २०८१ नेकपा एकीकृत समाजवादीले असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ। भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी २०६ केन्द्रीय सदस्य थप गर्न लागेको हो। पार्टीमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३...

निलम्बित महामन्त्री ढकालबारे निर्णय लिन रास्वपा केन्द्रीय समिति बैठक बस्दै मंगलबार, असार २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकालमाथिको कारबाहीबारे आज निर्णय लिने भएको छ।कारबाहीबारे अन्तिम निर्णय लिन रास्वपाले आज बिहान ८ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ।
-1719918594.jpg)
एमालेको सचिवालय बैठक आज मंगलबार, असार २५, २०८१ नेकपा एमालेको सचिवालय बैठक मङ्गलबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने कार्यालय सचिव डा भीष्म अधिकारीले बताए।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, असार २५, २०८१ बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

कांग्रेस–एमालेबीच मन्त्रालय भागबन्डामा ‘लगभग’ सहमति, कसलाई कति मन्त्रालय? सोमबार, असार २४, २०८१ नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनको तयारीमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम लगत्तै नयाँ सरकार गठनको लागि उनीहरू आन्तरिक छलफलमा जुटेका हुन्।

असार २८ पछि सत्ता समीकरण फेर्ने तयारीमा कोशीका मुख्यमन्त्री कार्की सोमबार, असार २४, २०८१ केन्द्रमा नयाँ सत्ता समीकरण बन्ने भएसँगै त्यसको असर प्रदेशहरुमा देखिन थालेको छ। गत असार १७ गते एमाले र नेपाली कांग्रेस मिलेर नयाँ समीकरण बनाएर जाने सहमति गरेसँगै त्यसको असर प्रदेशमा देखिन थालेको हो। केही प्रदेशहरुमा नयाँ समीकरण अनुसार सरकार बन्ने देखिन्छ, भने केही प्रदेशहरुमा सरकारको सत्ता साझेदार फेरिने देखिन्छ।

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण सोमबार, असार २४, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदनबाट पारित भएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको जनाएको छ।

जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० मन्त्रालयको जिम्मेवारी सोमबार, असार २४, २०८१ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ३ मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ। नयाँ सत्ता समीकरण बन्ने भएसँगै जसपाबाट सरकारमा सामेल मन्त्रीहरुले असार २१ गते राजीनामा बुझाएका थिए। जसपाबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले राजीनामा बुझाएका...

प्रेम सुवालको टिप्पणी– सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो सोमबार, असार २४, २०८१ नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले अहिलेसम्म बनेका सत्ता समीकरण फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले सो कुरा बताएका हुन्।