News Griha :: न्यूजगृह
जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० मन्त्रालयको जिम्मेवारी

काठमाडौं— अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ३ मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ। 

नयाँ सत्ता समीकरण बन्ने भएसँगै जसपाबाट सरकारमा सामेल मन्त्रीहरुले असार २१ गते राजीनामा बुझाएका थिए। 

जसपाबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले राजीनामा बुझाएका थिए। 

उनीहरुको राजीनामा स्वीकृत भएसँगै ती मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा परेको छ। 
 राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै ती मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको जनाएको छ। 

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलेज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री श्री प्रदीप यादव, माननीय वन तथा वातावरणमन्त्री श्री नवलकिसोर साह सुडी र माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री हसिना खानले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ–आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूको सिफारिसमा उहाँहरुले सम्हाली आएका उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वंमले सम्हाल्नेगरी तोक्नुभयो,’ जारी विज्ञप्तिमा भनिएको छ। 

यसअघि एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै ती मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्रीले सम्हाल्दै आइरहेका छन्। जसपाका २ मन्त्रालय (राज्यमन्त्री बाहेक) र एमालेका ८ गरी प्रधानमन्त्री प्रचण्डको काँधमा १० मन्त्रालयको जिम्मेवारी परेको छ। 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:३७
Weather Update