एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन प्रदेश इन्चार्ज र सचिवसँग माग्यो नाम आइतबार, असार २३, २०८१
प्रधानमन्त्रीलाई राजीनामा दिन संसद्मा एमाले-कांग्रेस सांसदको ताकेता आइतबार, असार २३, २०८१ प्रतिनिधि सभामा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेका छन्।आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै एमाले र कांग्रेस सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर नयाँ सरकार बन्ने बाटो खोलिदिन आग्रह गरेका हुन्।
-1720339547.jpg)
रास्वपालाई योगेशको प्रश्नः प्रधानमन्त्रीले प्वाल पारेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ? आइतबार, असार २३, २०८१ नेकपा एमालेका सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै सत्तामा बसिरहेकोप्रति टिप्पणी गरेका छन्। आइतबार (आज) बसेको प्रतिनिधि सभाको विशेष समय मागेर बोलेका सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर चरित्र रहेको टिप्पणी गर्दै सोच्न आग्रह गरे। उनले प्रधानमन्त्री प्रचण्डले प्वाल पारिसकेको डुंगामा बसेर कता जान लागेको? भन्दै प्रश्न...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने तयारी आइतबार, असार २३, २०८१ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै राजीनामा दिने मनस्थितिमा रहेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन्। आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सांसदहरुले विश्वासको मत लिन सुझाव दिएसँगै मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिन तयार भएका हुन्।

संसद्मा बदलियो एमालेको आसन आइतबार, असार २३, २०८१ नेकपा एमालेले संसद्मा आफ्नो सिट बदलेको छ। प्रधानमन्त्री पुष्पकमकल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि एमाले सत्तापक्षबाट प्रतिपक्षमा बसेको हो।

बाढीपहिरो प्रभावितको उद्धार र रातहमा जुट्न सांसदले गराए सरकारको ध्यानाकर्षण आइतबार, असार २३, २०८१ प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिरोबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

एमाले प्रमुख सचेतक भन्छन्– ७६(२) बमोजिम सरकार बनाउन कुनै बाधा छैन आइतबार, असार २३, २०८१ नेकपा एमालेले कांग्रेससँग भएको सहमतिको आधारमा सरकार बन्न कुनै संवैधानिक बाधा नरहेको स्पष्ट पारेको छ।वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) को बमोजिम सरकारको नेतृत्व गरिरहेका छन्। तर प्रचण्ड प्रधानमन्त्रीबाट हट्दा सोही धारा अनुसार सरकार बन्न सक्छ वा सक्दैन भन्ने ठूलो मतान्तर देखिएको छ।

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ: एमाले आइतबार, असार २३, २०८१ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्।

प्रतिनिधिसभाको बैठक आज बस्दै आइतबार, असार २३, २०८१ प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

एकीकृत समाजवादीको बैठक बस्दै आइतबार, असार २३, २०८१ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै छ। बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ।पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयन लगायत विषयमा निर्णय गरिने सो पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिए।

एमालेको संसदीय दलको बैठक बस्दै आइतबार, असार २३, २०८१ नेकपा एमालेको संसदीय दलको बैठक आइतबार बस्दै छ। बैठक आज बिहान १० बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ।

आइतबार बोलाइएको रास्वपा संसदीय दलको बैठक स्थगित शनिबार, असार २२, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ।आइतबार बिहान साढे ९ बजे पार्टी संसदीय दलको कार्यालयमा बस्नेगरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

रास्वपाले बोलायो संसदीय दलको बैठक शनिबार, असार २२, २०८१ रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिइन्।