कांग्रेस संसदीय दल बैठकले गर्यो यी चार निर्णयशनिबार, असार २२, २०८१

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत शनिबार, असार २२, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्। उनले ६७ मत पाए। विपक्षमा ३४ मत खसेको थियो। प्रदेशसभामा उपस्थित एक सय एक जना सदस्यले मतदान गरेका थिए।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच एक घण्टा भेटवार्ता शनिबार, असार २२, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई भेटेका छन्। शनिबार बिहान उनीहरूबीच बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो। नेता कोइराला निकट स्रोतका अनुसार, बिहान साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता सुरु भएको थियो।

मधेस सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै शनिबार, असार २२, २०८१ मधेस प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्।मधेस प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन्।

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, कांग्रेस र एमालेको साथ दिने शनिबार, असार २२, २०८१ मधेस प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक प्रदेशसभा सदस्य छन् ।

कांग्रेस संसदीय दलको बैठक बस्दै शनिबार, असार २२, २०८१ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ। यही असार १७ गते एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

एमालेले बोलायो संसदीय दलको बैठक शनिबार, असार २२, २०८१ प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए। बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली शनिबार, असार २२, २०८१ ललितपुरको च्याँसलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकमा ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताए ।

जनता समाजवादी पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा शुक्रबार, असार २१, २०८१ जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र वन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएका छन् । शुक्रबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव र सुडीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

महाधिवेशन बहिष्कार गरेका प्रेम आलेले भने– 'माधव नेपालको पार्टीमा म छैन' शुक्रबार, असार २१, २०८१ नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहेको बताएका छन् । महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकारी दिएका हुन् । असार १६ गतेदेखि सुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए ।
![यी हुन् एकीकृत समाजवादीका ९३ केन्द्रीय सदस्य [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/samajbadi-party-mahadibesan-1720171552.jpg)
यी हुन् एकीकृत समाजवादीका ९३ केन्द्रीय सदस्य [सूचीसहित] शुक्रबार, असार २१, २०८१ नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । असार १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन मार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ ।...

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने शुक्रबार, असार २१, २०८१ नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ। ती मन्त्रालय प्रधानमन्त्री प्रचण्डले हेर्ने गरी जिम्मेवारी तोकिएको छ। साथै एमालेले शुक्रबार सङ्घीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको...

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मतिले पारित शुक्रबार, असार २१, २०८१ राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ ।अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।