News Griha :: न्यूजगृह
एमालेले बोलायो संसदीय दलको बैठक
एमाले संसदीय दलको बैठक। फाइल तस्बिर।

काठमाडौं — नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो। 

प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए। बैठकमा  सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ। 

नेपाली कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने भएका छन्। यही सन्दर्भमा संसद्मा पार्टीले खेल्ने भूमिकाबारेमा छलफल हुने बर्तौलाले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:५२
Weather Update