News Griha :: न्यूजगृह
मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
मुख्यमन्त्री सिंह विश्वासको मतपश्चात्।

धनुषा—  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्। उनले ६७ मत पाए। विपक्षमा ३४ मत खसेको थियो।

प्रदेशसभामा उपस्थित एक सय एक जना सदस्यले मतदान गरेका थिए।

मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले मतदान गरे। 

जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरे।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:३९
Weather Update