News Griha :: न्यूजगृह
मधेस सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै

जनकपुरधाम— मधेस प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्।

मधेस प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन्। 

माओवादीबाट अर्थमा भरतप्रसाद साह, पर्यटनमा समिर भट्टराई, एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषि , बेची लुङ्गेली श्रम तथा यातायात मन्त्री छन्।

यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री रहेकी विमला अन्सारी र नागरिक उन्मुक्तिबाट श्रम तथा यातायात मन्त्री रहेकी उर्मिला देवी सिंह चौधरीले पनि राजीनामा दिन लागेका छन्।

केन्द्रमा कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएपछि त्यसको असर प्रदेशमा देखिएको हो।

कांग्रेस र एमालेबीच मधेस प्रदेश सरकारको नेतृत्व मधेस केन्द्रित दललाई दिने सहमति भएका मधेस प्रदेशमा जनमत पार्टी कै नेतृत्वको सरकार रहने देखिएको छ।
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १२:२७
Weather Update