News Griha :: न्यूजगृह
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, कांग्रेस र एमालेको साथ दिने

जनकपुर— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिने उनको सचिवालयले जनाएको छ।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सिहैले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। 

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो। जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन्। कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेशसभामा बहुमत पाउने पक्का भएको छ।

मधेस प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक प्रदेशसभा सदस्य छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:५९
Weather Update