News Griha :: न्यूजगृह
भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त
भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ। 
एमालेका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई 
एमालेका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई  एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएपछि एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकिएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेको मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री प्रचण्ड स्वयंले सम्हाल्ने गरी तोकेका हुन्। 
सहमतिमा नेतृत्व चयन हुन्छ, मै दोहोरिन्छुः माधव नेपाल  
सहमतिमा नेतृत्व चयन हुन्छ, मै दोहोरिन्छुः माधव नेपाल   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने बताएका छन्। बिहीबार दिउँसो पार्टीका शीर्ष नेताहरुसँग एक होटेलमा छलफलपछि बाहिरिने क्रममा अध्यक्ष नेपालले त्यस्तो प्रतिक्रिया दिएका हुन्।  ‘छलफल चल्दैछ, सर्वसम्मत नेतृत्व चयन हुँदैछ,’ नेपालले भने। 
मुलुकको विकासका लागि संविधान संशोधन आवश्यक छः डा. शेखर कोइराला 
मुलुकको विकासका लागि संविधान संशोधन आवश्यक छः डा. शेखर कोइराला  नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संविधान संशोधनको पक्षमा देखिएका छन्। उनले संविधानमा भएका कतिपय प्रावधानहरु नहटाए मुलुक अघि बढ्न नसक्ने भन्दै संविधान सुधार आवश्यक रहेको बताए। नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले–कांग्रेसबीचको समीकरण बन्नुमा संविधान संशोधनको सहमति नै मुख्य रहेको समेत बताए। 
कांग्रेस–एमालेभित्र खेल्न खोज्दै प्रचण्ड, संसद् फेस बहानाबाजी
कांग्रेस–एमालेभित्र खेल्न खोज्दै प्रचण्ड, संसद् फेस बहानाबाजी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने सङ्केत गरेका छन्। बिहीबार बिहान राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले आफूले संसद् फेस गर्ने भएकाले अहिले राजीनामा नदिन आग्रह गरेका थिए। प्रधानमन्त्रीको सो आग्रह पछि रास्वपाका मन्त्रीहरू राजीनामा नदिएर बालुवाटारबाट फर्किए।
गगन थापा भन्छन्– मेरो चाहना प्रतिपक्षमा नै बस्ने थियो, प्रचण्डको अस्थिर चरित्रका कारण यो परिस्थिति बन्यो
गगन थापा भन्छन्– मेरो चाहना प्रतिपक्षमा नै बस्ने थियो, प्रचण्डको अस्थिर चरित्रका कारण यो परिस्थिति बन्यो नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको नयाँ परिस्थिति बन्नुमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै मुख्य कारण रहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले निर्वाचनपछि पटकपटक प्रचण्डले गठबन्धन फेरेका कारण अहिलेको परिस्थिति निर्माण भएको बताए। त्यस्तै आफ्नो चाहना कांग्रेस प्रतिपक्षमै बस्ने रहे पनि नयाँ परिस्थिति निर्माण...
एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास
एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै  बिहीबार नेतृत्व चयनमा केन्द्रित भएको हो। असार १६ गतेदेखि सुरु भएको महाधिवेशनले राजनीतिक, सङ्गठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ। महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय...
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए 
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए  प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद् सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताएका छन् ।
अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ।वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले...
राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने कार्यसूची राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा मध्यान्ह सवा १२ बजे बैठक बस्नेछ। बैठकमा आज विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ।
रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ।बुधबार महामन्त्री डा मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको हो।
रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै
रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्। मङ्गलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनमा सरकारमा सहभागी नहुने निर्णय गरेको थियो।
Weather Update