एकीकृत समाजवादीको अध्यक्षका लागि नेपाल र भुसाल मैदानमाबिहीबार, असार २०, २०८१

रास्वपाले निलम्बन गर्यो महामन्त्री एवं प्रवक्ता ढकाललाई बिहीबार, असार २०, २०८१ रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकाललाई निलम्बन गरेको छ।ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

मुकुल ढकाललाई बर्खास्त गर्ने रास्वपाको तयारी बुधबार, असार १९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी गरेको छ। पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेको हो। जसका लागि अहिले पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

अल्पमतमा प्रधानमन्त्री प्रचण्ड बुधबार, असार १९, २०८१ एमालेका ७८ सांसदको समर्थनसहित यो समीकरण गत फागुन २१ गते बनेको थियो। अहिले एमाले र कांग्रेस एकातिर हुँदा प्रचण्ड स्पष्टरूपमा अल्पमतमा परेका छन्।

एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता बुधबार, असार १९, २०८१ नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका छन् ।एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरू राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

सामूहिक राजीनामा दिन बालकोटबाट एमालेका मन्त्रीहरु बालुवाटारमा बुधबार, असार १९, २०८१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदैछन्। बुधबार अपरान्ह अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलपछि एमालेबाट सरकारमा सामेल मन्त्रीहरु अहिले बालकोटबाट बालुवाटार जाँदैछन्।

एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने, केहीबेरमा पत्र बुझाउँदै बुधबार, असार १९, २०८१ नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्र्न अपिल गरेको थियो। आजसम्मका लागि मार्गप्रशस्त गर्न समय दिएको तर प्रधानमन्त्रीबाट त्यसको निर्णय नआएपछि समर्थन आजै फिर्ता लिने निर्णयमा एमाले पुगेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी...

वामदेवले भने– प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ बुधबार, असार १९, २०८१ राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन्। वर्तमान संसदीय व्यवस्थाले नेपाल राष्ट्रलाई गरिब बनाइरहेको भन्दै गौतमले बुधबार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो कुरा बताएका हुन्। उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अहिले देशले खोजिरहेको दाबी समेत गरे।

लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने बुधबार, असार १९, २०८१ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नयाँ बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ। आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकपछि बोल्दै लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लाले लोसपाले नयाँ बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय भएको जानकारी दिए।

संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग बुधबार, असार १९, २०८१ संसदमा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ।

कांग्रेसका १० भ्रातृ संगठनले गर्न सकेनन् महाधिवेशन, फेरि थपियो समय बुधबार, असार १९, २०८१ नेपाली कांग्रेसले पार्टीका १० भ्रातृ संगठनहरुलाई महाधिवेशन गर्ने समय थप गरेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्र्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

यस्तो छ रास्वपाले केन्द्रीय समिति बैठक लाइभ नगर्नुको अन्तर्य बुधबार, असार १९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनले अहिले राजनीतिकवृत्तमा चर्चा पाइरहेको छ।

कसरी चयन हुनेछ एकीकृत समाजवादीको केन्द्रीय कमिटी? बुधबार, असार १९, २०८१ नेकपा एकीकृत समाजवादीले जारी १०औँ राष्ट्रिय महाधिवेशनको अनुशासन र लेखापरीक्षण कमिटी निर्वाचन निर्देशिका–२०८१ सार्वजनिक गरेको छ। आइतबारबाट कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको सार्वजनिक निर्र्देशिका अनुसार प्रत्येक जिल्लाबाट एक–एक जना केन्द्रीय कमिटीमा अटाउनेछन्।