News Griha :: न्यूजगृह
वामदेवले भने– प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ 
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन्। 

वर्तमान संसदीय व्यवस्थाले नेपाल राष्ट्रलाई गरिब बनाइरहेको भन्दै गौतमले बुधबार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो कुरा बताएका हुन्। 

उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अहिले देशले खोजिरहेको दाबी समेत गरे। 

‘नेपाल राष्ट्रलाई सधैँ गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो। अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ,’ उनले भने।  

त्यस्तै सँधै अल्पमतको अवस्थामा रहने सबै राजनीतिक दलहरुलाई पुर्‍याउने अल्पमतीय वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा समेत जोड दिए। 

उनले भने, ‘सधैँ अल्पमतको अवस्थामा सबै राजनीतिक पार्टीहरुलाई पुर्‍याउने अल्पमतीय वर्तमान निर्वाचन प्रणाली परित्याग गरेर व्यक्ति होइन, पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गरौँ।’

बैठकलाई सम्बोधन गर्दै उनले नेपालका सबै कृषियोग्य भूमिलाई राष्ट्रियकरण गर्नुपर्ने माग अघि सारे। साथै सरकारले भुमीपतिहरुलाई चलन चल्तीको मूल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए।  

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:४५
Weather Update