News Griha :: न्यूजगृह
कांग्रेसका १० भ्रातृ संगठनले गर्न सकेनन् महाधिवेशन, फेरि थपियो समय

काठमाडौं— नेपाली कांग्रेसले पार्टीका १० भ्रातृ संगठनहरुलाई महाधिवेशन गर्ने समय थप गरेको छ। 

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो। 

यसअघि असार १५ भित्र महाधिवेशन गराउन भ्रातृ संगठनलाई निर्देशन दिएको थियो। तर सो समयमा महाधिवेशन हुन नसकेपछि आगामी २०८१ साल चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

हरेक २–२ वर्षमा हुनुपर्ने पार्टी निकट नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायत संगठनले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन्। 

महाधिवेशन गर्न नसक्नेमा नेविसंघ, तरुण दल, किसान महासंघ, नेपाल महिला संघ, दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारु संघ रहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:००
Weather Update