एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता

काठमाडौं— नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका छन् ।
एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरू राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।
एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् ।
राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘राजीनामासँगै समर्थन पनि फिर्ता भएको छ,’ उनले भने।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ २०:४९